३ फाल्गुन २०८२, आइतबार

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीले दिइन् विपीनको शवमा श्रद्धाञ्जली


नेपाल आइपुग्यो विपिन जोशीको शव

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको शवमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएकी छन् । विपीनको शव आज इजरायलबाट काठमाडौं आइपुगेपछि प्रधानमन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विपीनलाई श्रद्धाञ्जली दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीसँगै ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायतले विपीनलाई श्रद्धाञ्जली दिएका थिए ।

श्रद्धाञ्जली कार्यक्रम सकिएपछि विपीनको शव आज नै नेपाली सेनाको जहाज (स्काई ट्रक)मा राखी धनगढी विमानस्थलसम्म लगिने छ । धनगढी विमानस्थलबाट सुदूरपश्चिम पृतनाले विपीनको शव कञ्चनपुर पुर्याउने छ । कञ्चनपुरमा उनको अन्तिम संस्कार गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !