१० फाल्गुन २०८२, आइतबार

प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको भन्ने प्रमाणित गर्न सचिवालयको चुनौती


सचिवालयको चुनौती

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरबाट २ गाडी पैसा सारिएको भन्ने प्रचार प्रमाणित गर्न उनको सचिवालयको चुनौती दिएको छ ।

जेनजी आन्दोलनपछि नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा लोड गरेर दुई ट्रक रकम अन्यत्र लगिएको दाबी गरेका थिए ।

‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको प्रचण्डको सचिवालयले खण्डन गरेको हो । सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !