१० फाल्गुन २०८२, आइतबार

बारामा ढिस्कोमा च्यापिएर दुई जनाको मृत्यु, चार जना गम्भीर घाइते


बारामा ढिस्कोमा च्यापिएर

बारा । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा दुई जना महिलाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी अन्य एक जना रहेकी छिन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन ।

उहाँका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । भाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइरहेको छ । घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !