४ फाल्गुन २०८२, सोमबार

गुण्डा नाइके सानुभाइ फेरि पक्राउ


सानुभाइ

काठमाडौं । गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुरूङलाई प्रहरीले टोखास्थित घरबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

गुण्डागर्दीमा संलग्न सानुभाइले कसैलाई धम्की दिएको आरोपमा पक्राउ परेका हुन् । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर ३३ वर्षीय सानुभाई टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका छन् ।

सानुभाई यसअघि साउन १२ गते ठमेलको नर्सिङ चोकस्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए । सानुभाई कुमार श्रेष्ठ ‘घैंटे’का सहयोगी हुन् ।

कुमार घैंटेलाई प्रहरीले इन्काउन्टरमा मारिएपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले सातौं पटक पक्राउ परेका हुन् । अहिले समिरमान सिंह बस्नेतनिकट छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !