काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले गुरु पुरोहितहरुबाट दसैँको दीका, जमरा, प्रसाद ग्रहण गरेका हुन् ।
राष्ट्रपति पौडेल विजया दशमीको दिन बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्याल र पुरोहित अर्जुन अधिकारीको हातबाट ११ः५३ को शुभ साइतमा टीका प्रसाद ग्रहण गरेका हुन् ।












