१ फाल्गुन २०८२, शुक्रबार

अव अर्थ मन्त्रालयमा एक जना मात्रै सचिव, अव राजस्व सचिव नरहने


अर्थ मन्त्रालय

काठमाडौँ । अर्थ मन्त्रालयमा अबदेखि एक जना मात्र सचिव रहने भएका छन् । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले अर्थ मन्त्रालयमा एक जना मात्रै सचिव राख्ने भएको हो ।

दुई सचिवको दरवन्दी रहेको अर्थ मन्त्रालयले तत्कालका लागि एक सचिवले मात्रै काम चलाउने भएको हो । अवदेखि अर्थ मन्त्रालयमा राजस्व सचिव नरहने भएका छन्।

यसअनुसार हालका राजस्व सचिव दिनेश घिमिरेलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव घिमिरेसहित ४ जना सचिवको सुरूवा गरेको थियो ।

हाल अर्थ सचिव घनश्याम उपाध्याय रहेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री रामेश्वर खनालले तत्काल अर्को सचिव नचाहिने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !