३ फाल्गुन २०८२, आइतबार

काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटनामा परी दुई युवाको मृत्यु


बोलेरो जीप दुर्घटना

काठमाडौं । काठमाडौंमा गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३१ जडिबुटीको आकासे पुलनजिकै भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपाल रहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब पौने तीन बजेतिर जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

उनीहरूको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । बस चालक प्रहरी नियन्त्रणमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !