३ फाल्गुन २०८२, आइतबार

इम्बोस्ड नम्बर प्लेट असोज १ गतेभित्र जडान नगरे पनि जरिवाना नलाग्ने


इम्बोस्ड नम्बर फाइल फोटो

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ । विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट असोज १ गतेभित्र जडान नगरे पनि जरिवाना नलाग्ने बताएको हो ।

विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वत: स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको हो । विभागले असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुने भन्ने भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने सूचना जारीपछि यति बेला विरोध र आलोचना गरिँदै छ ।

यस्तो छ हेर्नुहोस् यातायात व्यवस्था विभागले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ हेर्नुहोस् यातायात व्यवस्था विभागले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ हेर्नुहोस् यातायात व्यवस्था विभागले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !