रौतहट । रौतहटमा सुटकेसभित्र एक महिलाको शव भेटिएको छ । हिजो शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला परेको हो ।
रौतहटको गौर नगरपालिका-९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको हो । शनिबार राति १०:३० बजे शङ्कास्पद सुटकेस फेला परेको थियो।
प्रहरीका अनुसार रसीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेसभित्र महिलाको शव रहेको देखिएको हो। महिलाको हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रहरीहरूको अनुमान छ ।
गुलाबी रंगको कुर्तासुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ। टाउकोमा गहिरो चोट देखिएको छ। शव पोस्टमार्टमक लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।












