काठमाडौं । गुण्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई काठमाडौँबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका गोर्खाली सिन्धुपाल्चोकका कांग्रेस नेता हुन् ।यसअघि गुण्डा नाइके चक्रे मिलनपनि पक्राउ परिसकेका छन् ।












