३ फाल्गुन २०८२, आइतबार

सुक्खा पहिराले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो


नारायणगढ–मुग्लिन सडक फाइल फोटो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !