४ फाल्गुन २०८२, सोमबार

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


दीपेन्द्र अग्रवाल

काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले अग्रवाललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो ।

आज सोमबार अग्रवाल टोखाबाट पक्राउ परेका थिए । उनी विरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

आरोपी विरुद्ध धनुषाको जनकपुर उपमहानरपालिका–१ घर भएर काठमाडौँ बस्दै आएका दिनेशप्रसाद शाहले ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दिएका छन् ।

यो पनि पढ्नुहोस्

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !