काठमाडौं । काठमाडौँको तारकेश्वरमा एकजना महिलाको शव भेटिएको छ । तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा महिलाको शव भेटिएको हो ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा मोबाइल पनि भेटिएको छ । मृतकले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् ।
घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन् । प्रहरीले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।












