काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ । आज सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझामाथि नक्कली डकुमेन्ट पेस गरेर नियुक्ति लिएको आरोपमा छानबनि गर्न समिति गठन गरेको हो ।
सरकारले पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा मन्त्रिपरिषद्को बैठकले ओझाको कार्यक्षमता र जिम्मेवारीपालनबारे छानबिन गर्न समिति गठन गरेको हो । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो ।
छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् । बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।
सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। उनीविरुद्ध अख्तिायरमा उजुरी परेपछि अख्तियारले पनि छानबिन गरिरहेको छ ।












