३ फाल्गुन २०८२, आइतबार

दरबारमार्गमा चार तलाबाट खसेर २ जना मजदुरको मृत्यु


दरबारमार्गमा चार तलाबाट खसेर २ जना मजदुरको मृत्यु

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा चार तलाबाट खसेर २ जना मजदुरको मृत्यु भएको छ । दरबारमार्गस्थित हिटीपोखरी नजिक निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुँडिएर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कैलाली घर भएका करिब ३२ वर्षीय प्रदेशी चौधरी र बर्दिया घर भएका करिब २२ वर्षीय विशाल चौधरी छन् । आज सोमबार अपराह्न ५ बजेतिर दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेका थिए ।

उक्त घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउँदै गर्दा सिक्री चुँडिएर खस्दा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ । दुवैको शव वीर अस्पतालमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !