७ फाल्गुन २०८२, बिहिबार

पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ जना गम्भीर घाइते


पाँचथर जिल्लाको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ । बेलिब्रिज निर्माणका क्रममा आज अपरान्ह पुल भाँचिदा ६ जना गम्भीर घाइते भएका छन् ।

फिदिम । पाँचथर जिल्लाको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ । बेलिब्रिज निर्माणका क्रममा आज अपरान्ह पुल भाँचिदा ६ जना गम्भीर घाइते भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने मेचीराजमार्ग अन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज पुल भाँचिँदा ६ जना मजदुर घाइते भएका हुन् ।

उक्त घटना आज साँझ करिब ६:२० बजे भएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) कौशल कुमार बुढाथोकीको कमाण्डमा ३५ जना प्रहरी परिचालन गरी घाइतेको उद्धार गरिएको थियो।

घाइतेहरूलाई तत्कालै जिल्ला अस्पताल पाँचथर फिदिममा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । अस्पतालमा लगिएको समय करिब साँझ ६:५० रहेको जनाइएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ११ किलोमिटर उत्तर–पश्चिममा पर्छ ।

घाइतेको विवरण यस प्रकार छ:

१. रूपलाल चौधरी (२२), सिमरा उपमहानगरपालिका–१२, बारा — बाहिरी चोट देखिएको छैन, बोल्न नसक्ने अवस्था, अवस्था गम्भीर।
२. राजन चौधरी (२७), ठेगाना खुलाइएको छैन — पिठ्युँमा चोट, बोल्न नसक्ने, अवस्था गम्भीर।
३. राकेश चौधरी (२२), ठेगाना खुलाइएको छैन — बाहिरी चोट नदेखिए पनि बोल्न नसक्ने, अवस्था गम्भीर।
४. भुलेश्वर चौधरी (२५), ठेगाना खुलाइएको छैन — दायाँ खुट्टा भाँचिएको, बोल्न नसक्ने, अवस्था गम्भीर।
५. प्रकाश चौधरी (३५), ठेगाना खुलाइएको छैन — टाउको र शरीरका अन्य भागमा चोट, बोल्न सक्ने, अवस्था मध्यम।
६. अभिषेक चौधरी (३०), ठेगाना खुलाइएको छैन — टाउकोमा चोट, अवस्था मध्यम।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
– स्रोत जिल्ला प्रहरी कार्यालय, पाँचथर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !