४ फाल्गुन २०८२, सोमबार

काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता


नवराज सुवेदी

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी दिए ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ ।”

समितिले आज जेठ १९ गते काठमाडौं उपत्यका बन्दको घोषणा गरेको थियो । कमल थापा, दीपक सिंहलगायत पक्राउ परेका व्यक्ति छोड्न माग गर्दै समितिले बन्दको घोषणा गरेको थियो ।

हिजो आइतबार दिउँसो काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !