२ फाल्गुन २०८२, शनिबार

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा


तीर्थराज भट्टराई

काठमाडाैँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएकाे छ । केहीबेरअघि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिई टंगालस्थित कार्यालयमा लगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनलाई सरुवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो ।

अख्तियारले विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटरलगायतका कागजातसमेत नियन्त्रणमा लिएको छ । दैनिक ४ सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको उजुरी समेत अख्तियारमा परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !