२२ जेष्ठ २०८२, बिहीबार

ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा


ज्येष्ठ नागरिक आश्रम सञ्चालन फाइल फोटो

अर्घाखाँची । पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो ।

यात्रामा ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए । वडाले आफूहरुका लागी तीर्थयात्राको व्यवस्था गरेकामा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरेका छन् ।

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत रु तीन लाख खर्चेर तीर्थयात्रा गराइएको हो । यात्रामा ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि, कर्मचारी गरी ६५ जना सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !