३ जेष्ठ २०८२, शुक्रबार

कवाडी संकलन केन्द्रमा काठमाडौं महानगरले चलायो डोजर


महानगरको डोजर फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ । काठमाडौं महानगरको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलनमा डोजर चलाएको हो ।

पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ । कवाडी संकलन केन्द्र हटाउनका लागि महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी बल परिचालन गरेको हो ।

डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले ढुंगामुढा समेत गरेका छन् । डोजरमा ढुङ्गा मुडा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !