
बनेपा । काभ्रेबाट काठमाडौँ उपत्यका छिर्ने सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो ।
बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै काठमाडौं हिंडेका गाडीलाई भकुण्डेबेशी र अरनिको राजमार्ग हुँदै काठमाडौं हिडेका गाडीलाई पाँचखालमा रोकिएको छ ।