१७ चैत्र २०८१, आइतबार

अर्घाखाँचीमा बस दुर्घटना : ३ जनाको मृत्यु, १५ जना घाइते


अर्घाखाँचीमा बस दुर्घटना

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !