१७ चैत्र २०८१, आइतबार

६ घण्टापछि बल्ल इटहरी आगलागी नियन्त्रणमा


६ घण्टा पछि बल्ल इटहरी आगलागी नियन्त्रणमा

काठमाडौँ । सुनसरीको इटहरी चोकमा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ । करिब ६ घण्टापछि इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागी बल्ल पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले उक्त आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको र कुनै पनि मानवीय क्षति नभएको जानकारी दिए ।

आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको थियो ।

दशतले भवनको मध्य भागमा आज बिहान आगो लागेको थियो । भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !