४ फाल्गुन २०८२, सोमबार

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज


पारस शाह

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । पूर्वयुवराज शाह काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालबाट आज बिहीबार बिहान डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको हो ।

हृदयघात भएपछि गत आइतबार साँझ अस्पताल भर्ना भएका उनलाई बिहीबार बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । शाहलाई एक हप्तापछि फलोअपमा बोलाइएको अस्पताल स्रोतले बताएको छ ।

आइतबार दिउँसो साढे ४ बजे अस्पताल पुर्याइएका उनको मुटुको एन्जियोग्राम गर्दा मुटुको धमनी बन्द भएको पाइएलगत्तै कोरोनरी एन्जियोप्लाष्टी गरी स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको शाहको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । शाहलाई योसहित चौथोपटक हृदयघात भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !