३ फाल्गुन २०८२, आइतबार

अमेरिकाबाट निकालिएका ८ जना नेपाली लिएर आएको चार्टर विमान काठमाडौंमा अवतरण


अमेरिकाबाट निकालिएका ८ जना नेपाली लिएर आएको चार्टर विमान काठमाडौंमा अवतरण

काठमाडौं । अमेरिकाबाट निकालिएका ८ जना नेपालीहरुलाई लिएर आएको अमेरिकी चार्टर विमान काठमाडौंमा अवतरण भएको छ । अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम आज बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण भएको हो ।

आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको डोनाल्ड ट्रम्प प्रशासनले ८ नेपालीलाई चार्टर विमानबाट नेपाल पठाएको हो । क्यानका एक उच्च अधिकारीका अनुसार सात जना पुरुष र एक जना महिला लिएर उक्त विमान आएको हो ।

उक्त चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट देश निकाला गरिसकिएको छ ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गर्ने नीतिले तीव्रता पाएको हो । नेपाल, भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई समेत अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !