
काठमाडौँ । पौने ४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट प्रहरीले ३ केजी ४७५ ग्राम सुनसहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको हो ।
गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले बताएको हो । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए ।
पक्राउ पर्ने उज्वेकिस्तानका नागरिकहरुमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ रहेका छन् । आरोपीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो ।