काठमाडौँ । लेखक तथा प्रथम महिलाराधिका शाक्यले देशका लागि निरन्तर सक्रिय प्रधानमन्त्री ओली जस्तो व्यक्तिबारे अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने गरेको बताइन् ।
आफूूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दुःखेसो पोखिन् ।
“हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुुझाउन म तयार छुु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो”, प्रथम महिला शाक्यले भनिन्, “सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।”
‘करुणा पुस्तकले पाठकलाई आत्मविश्वास जगाउँछ’
पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरुले प्रधानमन्त्री र प्रथम महिलाको जीवनका आरोह–अवरोहमा आधारित पुस्तकले जस्तो सुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताए ।
नेकपा (एमाले)का उपमहासचिव एवं साहित्यकार प्रदीपकुमार ज्ञवालीले प्रतिकूूलतामा पनि बाँच्नका लागि पुस्तकले प्रेरणा दिने धारणा राखे । गायिका आनी छोइङ डोल्माले राधिका शाक्यको लेखन र व्यवहार दुवै करुणामय पाइएको अनुुभव व्यक्त गरिंन् । लेखक अमर न्यौपानेले पुस्तकबाट प्रधानमन्त्री ओलीको आत्मविश्वास र ढृढ इच्छाशक्ति तथा त्यो प्राप्तिमा शाक्यको योगदानलाई बुुझ्न सकिने बताइन् ।
कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७औँ विवाह उत्सवका अवसरमा आयोजकबाट उहाँहरूलाई बधाइ दिनुका साथै सम्मान गरिएको थियो ।













