१० माघ २०८१, बिहीबार

अदालत परिसरमै कुटिए वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी


दिनेश त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट भएको छ । काठमाडौं जिल्ला अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट भएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको हो ।

रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका छन् । रास्वपाका कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेका हुन् ।

रास्वपाका सभापति लामिछानेको थुनछेक बहस सकिएको छ । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो । बहसहरु सकिएपश्चात न्यायाधीशले सबैलाई बाहिर पठाएर अहिले आदेश लेखिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !