१३ पुस २०८१, शनिबार

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन


प्रकाश वस्ती

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयघातका कारण हिजो शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नयाँबजारस्थित निवासमा गएराति हृदयाघात भएपछि वस्तीलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनले ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर सेवा गरेका थिए । २२ भदौं २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए ।

उनले भ्रष्टाचार नियन्त्रण, देवानी कानून एवं कानूनी प्रणालीको विकासक्रमका विषयमा रुची राखेका त्यसवारेमा कैयौ पुस्तक लेखेका छन् ।वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !