११ पुस २०८१, बिहीबार

जाजरकोटमा बिहानै भूकम्पको धक्का महसुस


भूकम्प

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहीबार बिहान ६ बजेर ३३ मिनेट जाँदा जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६.४ म्याग्निट्यूडको भूकम्पले साढे एक सय बढीको मृत्यु भएको थियो भने ठूलो भौतिक क्षति पनि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !