१८ पुस २०८१, बिहीबार

मुग्लिङ-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द हुने


नारायणगढ-मुग्लिन सडकखण्ड फाइल फोटो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द हुने भएको छ । सो सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको हो ।

पोखरेभिर र विशालटारमा पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ । यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ ।

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिङ छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनले जानकारी दिए ।

एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने छ । सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक कार्यालय धादिङले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !