११ पुस २०८१, बिहीबार

सिनामंगलको एक होटेलमा युवायुवती मृत फेला


मृत

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एउटा होटेलमा युवायुवती मृत अवस्थामा फेला परेका छन् । होटेलको एकै कोठामा आज उनीहरु दुई जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार युवक-युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी शर्मिलाकुमारी माझीको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू उक्त होटेलको चौथो तलास्थित कोठा नम्बर १२० भाडामा लिएर बसेका थिए ।

मृतक दम्पती हिजो शनिबार मात्रै क्यानडाबाट नेपाल फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू हिजो शनिबार काठमाडौं फर्केका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !