१ कार्तिक २०८१, बिहीबार

गौशालामा अव बालेन र मन्त्री आमनेसामने : खाली गर्ने कार्य रोक्न मन्त्रालयको पत्र


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको जग्गा गौशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन पत्र पठाएको छ ।

पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले गौशाला धर्मशालाका विषयमा पशुपति विकास कोष र सञ्चालक परिषदले गरेका निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री पाण्डे उक्त प्रकरणमा अव आमनेसामने भएका हुन् ।

असोज २० गते निर्णय गरेर धर्मशाला महानगरलाई सञ्चालन गर्न दिने निर्णय तत्कालका लागि स्थगन गर्न निर्देशन दिएको जनाइएको छ । महानगर र मारवाडी सेवा समितिबीच विवाद भएर प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएपछि मन्त्रालयले निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको हो ।

काठमाडौंको गौशाला धर्मशाला भत्काउन गएका काठमाडौं महानगरपालिकाका दुईवटा डोजरलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो । पशुपतिनाथको स्वामित्वको गौशाला धर्मशाला खाली गराउन गएको महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको थियो ।

प्रहरीले धर्मशालाभित्र पस्न नदिएपछि उनीहरू महानगरको साइनबोर्ड लगाएर फर्किएका थिए । पशुपति क्षेत्र विकास कोषबाट गौशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकाले पाएपनि यसअघि सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिले विरोध गर्दै आएको छ ।

यस्तो छ हेर्नुहोस् पर्यटन मन्त्रालयले पठाएको पत्र

पर्यटन मन्त्रालयले पठाएको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !