३० आश्विन २०८१, बुधबार

सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी


नृपध्वज निरौला

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको जानकारी दिएकी हुन् ।

एकजनाले आफैँ उपस्थित भएर उजुरी दिएका छन् भने अर्को उजुरी इमेलमार्फत आएको उनले बताइन । उनीसँगै सर्वोच्चको न्यायाधीश सिफारिस भएका पाण्डेविरुद्ध भने उजुरी नपरेको उनले जानकारी दिइन् ।

सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !