२ कार्तिक २०८१, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा सर्वसाधारणलाई टीका


राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा सर्वसाधारणलाई टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका उपलक्ष्यमा शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । राष्ट्रपति पौडेलले ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिएपछि सर्वसाधारणलाई टीकालगाइदिएपछि राष्ट्रपतिले सर्वसाधारणलाई साँझ ५ बजेसम्‍म टीका लगाइदिएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गरेका थिए । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !