१५ आश्विन २०८१, मंगलबार

बाढी-पहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या २२४ पुग्यो


केपी शर्मा ओली

काठमाडौं । गत बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२४ पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी दिएका हुन् ।

आज मंगलबार दिउँसोसम्म २२४ जनाको मृत्यु, २४ बेपत्ता, १५८ घाइते भएका जानकारी दिए । २१ जिल्ला प्रभावित भएको र ४ हजार ३३१ जनाको उद्धार गरी सुरक्षित क्षेत्रमा पठाइएको बताइएको छ ।

पत्रकार सम्मेलनमा भौतिक क्षतितर्फ खानेपानी ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको सरकारले जनाएको छ ।

बाढी पहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ । त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !