१४ आश्विन २०८१, सोमबार

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते


माइक्रोबस दुर्घटना

त्रिशूली, नुवाकोट । छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट नुवाकोट हँुदै पोखरातर्फ जान लागेको ग१ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको घटनास्थलमा रहनुभएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । माइक्रोबसमा १८ यात्रु सवार थिए । घाइतेलाई उपचारका लागी काठमाडौँ पठाइएको छ ।

धादिङको विभिन्न स्थानमा पहिरो गएका कारण सो माइक्रोबस काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । माइक्रोबस भीरमा मौवाको रुखमा अड्किएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !