६ आश्विन २०८१, आइतबार

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ


छविलाल जोशी

काठमाडौं । पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट आज आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी जोशीलाई पक्राउ गरेको हो । जोशीलाई पोखरा लैजाने तयारी गरिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । उक्त विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !