७ पुस २०८१, आइतबार

रास्वपा सभापति रवि लामिछानेलाई पत्र


रास्वपा सभापति रवि लामिछानेलाई पत्र

आदरणीय रवि लामिछानेज्यू,
(सभापति)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विषय : रास्वपाको संगठनात्मक सुधार, नीतिगत स्पष्टता र भावी रणनीतिहरू

आदरपूर्वक नमन !

सबैभन्दा पहिला, तपाईंको नेतृत्वमा रास्वपाले छोटो समयमै गरेको उपलब्धिको लागि म हार्दिक बधाई दिन चाहन्छु । नेपालको राजनीतिक इतिहासमा एउटा यस्तो क्षण आएको छ, जहाँ पुराना पार्टीहरूबाट निराश जनता एउटा सशक्त र इमानदार नेतृत्वको खोजीमा थिए । यस कठिन परिप्रेक्ष्यमा तपाईंको नेतृत्वमा रास्वपाले जनतामा आशा र भरोसा जगाउन सक्षम भयो । छोटो समयमै २० सिटको जित, राष्ट्रिय पार्टीको मान्यता र चौथो ठूलो पार्टी बन्नु भनेको साँच्चै गर्वका विषय हुन् ।

रास्वपाले छोटो समयमै २० सिटको जित, राष्ट्रिय पार्टीको मान्यता र चौथो ठूलो पार्टी बन्नु भनेको साँच्चै गर्वका विषय हुन् ।

तर, जस्तोसुकै राजनीतिक आन्दोलनमा पहिलो सफलतापछि चुनौतिहरू आउने गरेका पाईएको छ । आज म तपाईंलाई केही गहन बिषयहरूमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, ताकि रास्वपा थप सुदृढ र दीर्घकालीन सफल पार्टी बन्न सकोस् ।

रास्वपाको उदय धेरै हदसम्म पुराना दलहरू प्रतिको असन्तुष्टिमा आधारित थियो र “सिधाकुरा” जस्तो लोकप्रिय मिडिया कार्यक्रममा तपाईंको साहसी पत्रकारिताको प्रभावमा जनताले रास्वपालाई वैकल्पिक शक्ति मान्न थाले । यो नै प्रमुख कारण हो जसले रास्वपाको शुरुआती सफलतामा योगदान पुर्यायो । तर, समयसँगै देखा परेका चुनौतीहरूको सामना गर्न रास्वपाले पार्टीको नीतिगत स्पष्टता र संगठनात्मक क्षमता अझ मजबुत बनाउनुपर्ने देखिएको छ ।

पार्टीमा अर्थविद् डा. स्वर्णिम वाग्ले, सफल बैंकर अनिल केशरी शाह र विभिन्न क्षेत्रका विशेषज्ञहरूको आगमनले जनतामा एक प्रकारको उत्साह र भरोसा थपेको छ । गाँउगाँउ र जिल्लामा राजनीतिक र व्यवस्थापकीय ज्ञान भएका मानिसहरु रास्वपामा देखिएका छन् तर उनीहरु उपल्लो नेतृत्वको नजरमा नपर्नु आफैमा दुःखद विषय हो ।

गाँउगाँउ र जिल्लामा राजनीतिक र व्यवस्थापकीय ज्ञान भएका मानिसहरु रास्वपामा देखिएका छन् तर उनीहरु उपल्लो नेतृत्वको नजरमा नपर्नु आफैमा दुःखद विषय हो ।

पछिल्लो समय भएको इलाम उपचुनाव, सहकारी काण्ड र अन्य विवादहरूले रास्वपाको छविमा केही असर पारेको आभास भइरहेको छ । यी घटनाले पब्लिकको आँखामा पार्टीप्रतिको विश्वासमा कमी ल्याउन सक्ने सम्भावना छ, जसलाई सम्हाल्न तुरुन्त सुधारात्मक कदम चाल्नुपदर्छ ।

पुराना दलहरूले रास्वपाको उदयलाई चुनौतीका रूपमा हेरेका छन् । एमाले र कांग्रेस जस्ता ठूला दलहरूले रास्वपालाई दबाउने रणनीति अपनाइरहेका छन्, जसको रास्वपाले गम्भीर रूपमा सामना गर्नुपर्नेछ । एमाले र कांग्रेस बीचको हालको गठबन्धन र उनीहरूले रास्वपालाई निष्क्रिय पार्ने प्रयासले देखाउँछ कि रास्वपाले आफ्नोे रणनीति अझ सशक्त र निर्मम बनाउन जरुरी छ ।

टोलदेखि केन्द्रसम्मको संगठनात्मक सुदृढीकरण र विस्तार रास्वपाको प्रमुख प्राथमिकता बनिनुपदर्छ । अहिलेसम्म देखिएको समस्याहरूलाई मध्यनजर गर्दै निम्न बुँदाहरूलाई ध्यान दिन आग्रह गर्दछु ।

१. रास्वपाले अव सरकारमा जाने योजना २०८४ सम्मलाई थांती राख्दै वडादेखि जिल्ला, प्रदेश र केन्द्रसम्मका संगठनहरूलाई सक्रिय बनाउन जरुरी छ । संगठनलाई एक सशक्त र दीर्घकालीन संरचनामा रूपान्तरण गर्नुपर्छ । विशेष गरी गाउँ-गाउँमा संगठनलाई बलियो बनाएर स्थानीय जनताको सहभागिता सुनिश्चित गर्नु अत्यावश्यक छ । पहाडी जिल्लाहरूमा रास्वपाको लोकप्रियता घटिरहेको स्पष्ट देखिएको छ, जसको प्रमुख कारण भनेको संगठनको कमजोरी र जिम्मेवारी लिएर बसेका नेताहरूको राजनीतिक र व्यवस्थापकीय ज्ञानको कमी हो ।

पहाडी जिल्लाहरूमा रास्वपाको लोकप्रियता घटिरहेको स्पष्ट देखिएको छ, जसको प्रमुख कारण भनेको संगठनको कमजोरी र जिम्मेवारी लिएर बसेका नेताहरूको राजनीतिक र व्यवस्थापकीय ज्ञानको कमी हो ।

२. रास्वपाको “जान्नेलाई छान्ने” भन्ने नाराले धेरै जनतामा आकर्षण ल्यायो, तर जिम्मेवार नेताहरूले आफूलाई जिम्मेवार ठान्दै आफ्नो भूमिका राम्ररी निर्वाह गर्न सकेको देखिएन । पदीय दायित्व निर्वाह गर्न सक्ने सक्षमलाई मात्र संगठनको नेतृत्वमा राख्नपर्छ भन्ने विषयमा रास्वपा चुक्यो भने संगठन निष्कृय हुने र सबैतिर इलाम उपनिर्वाचनको हविगत रास्वपाले ब्यहोर्नेमा सायदै कोही दुई मत रहलान । यस समस्यालाई समाधान गर्न, योग्य र सक्षम व्यक्तिहरूलाई अगाडि ल्याउने र जिम्मेवारी सही रूपमा बाँड्ने नीति अवलम्बन गर्नुपदर्छ ।

३. संगठनभित्रका हरेक जिम्मेवार व्यक्तिले आफ्नो कार्यक्षमता र कर्तव्य निर्वाहको मूल्याङ्कन गर्नुपर्छ । यदि कुनै नेताले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको ठहर भए, उनले स्वाभिमानपूर्वक पदबाट हट्नुपर्छ र योग्य व्यक्तिलाई अवसर दिनुपर्छ । यो नेतृत्वमा स्पष्टता र इमान्दारिताको महत्वपूर्ण अंश हो, जुन रास्वपाले आत्मसात् गर्नैपदर्छ ।

४. रास्वपाकोे प्रमुख ध्यान आगामी २०८४ सालको चुनावमा हुनुपर्छ । संघीय र प्रदेशको चुनावमा बहुमत ल्याउनको लागि स्थानीय तहमा प्रभावशाली व्यक्तिको उपस्थिति अनिवार्य बनाईनु पर्दछ । स्थानीय निकायको प्रभाव भनेको काठमाण्डौंका मेयर बालेन, धनगडीका गोपी, धरानका हर्कलाई हेरे पुग्छ । गाँउको शासन व्यवस्थामा परिवर्तन भएसंगै नयाँ शक्तिको उदय सुनिश्चित नै हुने विश्व इतिहासले देखाएको छ ।

५. पृथ्बी नारायण शाहले नेपाल एकीकरण गरेको सिद्धान्तलाई रास्वपाले शिरोधार्य गर्दै, स्थानीय निकाय कब्जा गरेर जनताको मन जितेपछि रास्वपाको बहुमत मात्र हैन दुई तिहाईकै सरकार बनाउने विश्वास नेपाली जनताले रास्वपालाई दिनेछन् । यसको लागि अत्यन्तै योग्य, सक्षम, अनुभवी र आफ्नो ठाँउमा लोकप्रिय उम्मेदवार खडा गर्नुपर्छ, जसले स्थानीय तहको चुनावमा जित हाँसिल गरोस् र प्रभावकारी रूपमा काम गर्न सकोस् । यदि २०८४ सालमा बहुमत प्राप्त गर्न सकिएन भने २०८९ सालको चुनावमायी स्थानीय नेताहरूले गरेको राम्रो कामको आधारमा २/३ बहुमत प्राप्त गर्न सकिन्छ ।

यदि २०८४ सालमा बहुमत प्राप्त गर्न सकिएन भने २०८९ सालको चुनावमायी स्थानीय नेताहरूले गरेको राम्रो कामको आधारमा २/३ बहुमत प्राप्त गर्न सकिन्छ ।

रास्वपाको उदय कुनै साधारण राजनीतिक प्रयोग होइन । एउटा पुत्ला नजलाई, एउटा लठ्ठि नदेखाई, आवाजविहीन जनताको आवाज बुलन्द गर्दै पुराना दलहरूको कुशासन अन्त्य गर्ने संकल्प लिएर निलो क्रान्तिमा होमिएको रास्वपा आफ्नो संकल्पमा दृढ रहँदै अबको बाटोमा संगठनात्मक रूपले बलियो हुँदै, हरेक तहमा जनता र पार्टीको सम्बन्धलाई अझ प्रगाढ बनाउनै पदर्छ ।

नेतृत्व तहमा स्पष्ट अडान र जिम्मेवारीको बारेमा स्पष्ट नीतिहरू बनाइनु पदर्छ । तीन तहको सरकार सञ्चालनका लागि स्पष्ट खाका बनाउँदै, मौज्दात विधिलाई परिमार्जन गरेर माष्टर प्लान अनुसारको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक नीति, रक्षानीति आदि क्षेत्रहरूमा ठोस कार्यक्रमहरू ल्याउन आवश्यक छ ।

गुणस्तरीय शिक्षा सबैका लागि पहुँचयोग्य बनाउन शिक्षा प्रणालीमा राजनीतिलाई शिक्षाबाट अलग पारेर आमुल सुधार गर्नुपर्छ । खेलकुद, संगीत र अन्य रचनात्मक क्षेत्रहरूको संस्थागत विकास गरेर विद्यार्थीहरूको समग्र विकास सुनिश्चित गरिनुपर्छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विशेष गरी निमुखा र आर्थिक रूपमा कमजोर जनताका लागि लक्षित कार्यक्रमहरू बनाइनुपर्छ ।

कृषि, पर्यटन, जलबिद्युत, उद्योगहरुको उचित प्रवद्र्धन र बढावा दिदैं रोजगारीका अवसर सिर्जना गर्दै नेपाली युवाहरूलाई विदेश जानबाट रोक्न देशमै रोजगारीको वातावरण निर्माण गर्नु आवश्यक छ ।

वैदेशिक नीतिमा सुधार गरेर, विदेशमा रहेका नेपालीहरूको हकहित सुनिश्चित गर्न सरकारले ठोस कदम चाल्नुपर्छ । पटक-पटक अर्काको गोटी बन्ने आरोप र प्रत्यारोपलाई त्याग्ने प्रणालीको विकास गरिनु पर्दछ । सबैभन्दा धेरै इमान्दार र कानुन धेरै लाग्ने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र संवैधानिक निकायका व्यक्तिहरुलाई बनाइनु पर्दछ । आम नेपालीले सबै भ्रष्टहरु जेलमा सडिएको देख्न चाहेका छन् ।

रास्वपाले अब नयाँ शक्तिहरूसँग सहकार्य गर्दै संगठनलाई अझ व्यापक बनाउन आवश्यक छ । पार्टीको लक्ष्य भनेको केवल पुराना दलहरूसँग प्रतिस्पर्धा गर्नु मात्र होइन, बरु नयाँ, सशक्त र इमानदार शक्तिहरूसँग मिलेर दीर्घकालीन राजनीतिक स्थिरता र समृद्धि हासिल गर्नु हो । यद्यपी नयाँ शक्तिहरु मिलेनन् भने, यी पनि कोही दोस्रो वा तेस्रो मुलुकबाट परिचालित छन् भनेर बुझ्न कठिन नहोला ।

ध्यान, त्याग, समर्पण र व्यवस्थापनको उचित संगमले मात्र यो विकलांग अवस्थाको समाजलाई सवलांग पार्ने भएकोले राष्ट्रिय भेलाले समग्र बाधा अड्चन फुकाउदैं मुलुकभरिका रास्वपाका घण्टी बाहकहरुलाई तपाईले उर्जा भर्न सफल हुनुहोस् भनी माता पाथीभरालाई प्राथना गरेको छु । धन्यवाद !

उही तपाईको असल शुभचिन्तक,
अनिल खड्का
ताप्लेजुङ

लेखक परिचय : आठराई त्रिवेणी गाँउपालिका वडा नं. ३ हांङपाङ स्थायी निवासी अनिल खड्का समाज सेवा र कृषि पेसामा छन् । माता पाथीभराका मिठाभजनका साथै लोक बिधाका थुप्रै गीतहरु समेत गाईसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !