३ आश्विन २०८१, बिहीबार

शिवधाम निर्माणका लागि एक लाख प्रदान


शिवधाम निर्माण

गोदावरी, ललितपुर । गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गरेका छन् । उनले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गरेका हुन् ।

‘गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा उनले शिवधाम बनाउने महिला समूहको योजनामा भरथेग गर्न उक्त रकम प्रदान गरेका हुन् ।

पाथीभरा महिला समूहको आयोजनामा नगरपालिका–३ स्थित शिव बस्तीमा भदौ २५ देखि ३१ गतेसम्म महायज्ञ हुँदैछ । महायज्ञको उद्देश्य गोदावरी नगरपालिका–३ स्थित शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित शिवधाम निर्माण गरिने पाथीभारा महिला समूहका अध्यक्ष भगवती बुढाथोकीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !