७ मंसिर २०८१, शुक्रबार

मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा १० जना घाइते


बस दुर्घटना तस्वीर सौजन्य : मुग्लिन बजार फेसबुक

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा भएको छ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएतापनि सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको हो । घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !