काठमाडौं । ललितपुर जिल्लाको इमाडोलमा सडकमा ठूलो भ्वाङ परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलको बोझेपोखरी जाने सडक भासिएको प्रहरीले जनाएको हो ।
इमाडोलस्थित महालक्ष्मी-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडक करिब तीन मिटर भासिएको हो । सडक भासिएपछि सवारीसाधनलाई डाइभर्ट गरिएको छ ।
केही दिनअघि साउन २४ गते काठमाडौंको कमलादीस्थित न्यूप्लाजाको भवन नजिकको दुई लेन सडक भासिएर सवारी आवागमन अवरुद्ध भएको छ ।