८ मंसिर २०८१, शनिबार

विद्यालयद्वारा चिनियाँ प्रतिनिधिमण्डललाई सम्मान


Nepalpatra

१२ असार, काठमाडौँ । कलंकीस्थित लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) स्कूलले चिनियाँ प्रतिनिधिमण्डललाई सोमबार सम्मान गरेको छ ।

बेइजिङ शिक्षा आयोगका उप–निर्देशक यु हाईको नेतृत्वमा गत साता नेपाल आएको २१ सदस्यीय प्रतिनिधिमण्डललाई स्कूलका अध्यक्ष शिवराज पन्तले विभिन्न उपहार प्रदान गरी सम्मान तथा बिदाइ गर्नुभएको हो ।

विद्यालयले हालसम्म शैक्षिक क्षेत्रमा गरेका विभिन्न गतिविधि, कला, साहित्यलगायत अतिरिक्त क्रियाकलाप, विभिन्न तहमा सञ्चालन गरेका पाठ्यक्रमकाबारे प्रतिनिधिमण्डलले जानकारी लिएको थियो । त्यसैगरी, चीनमा भएको आर्थिक विकास, समृद्धिमा चिनियाँ भाषा, संस्कृति, अनुशासनको महत्वकाबारे अनुभवकाबारे उनीहरुले जानकारी गराएको छ ।

प्रतिनिधिमण्डलका नेता यु हाईले चीनको निकट छिमेकी मुलुकका रुपमा नेपाल रहेको हुँदा यहाँ गुणस्तरीय शिक्षाको विकासमा आफ्नो संस्थाले सहयोग उपलब्ध गराउने बताउँदै विद्यालयका विद्यार्थीलाई आवश्यकताअनुसार छात्रवृत्तिमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘एक क्षेत्र एक मार्ग’ भित्र पर्ने मुलुकलाई सहयोग गर्ने चिनियाँ सरकारको नीति रहेको प्रतिनिधिमण्डलले जानकारी गराएको छ ।

विद्यालयका अध्यक्ष पन्तले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा विकास गरिएका पाठ्यक्रम तथा अनुभवका आधारमा विद्यार्थीलाई सीपमूलक शिक्षा उपलब्ध गराइएको जानकारी दिनुभयो । मंगलबार स्वदेश फिर्ता हुने उक्त प्रतिनिधिमण्डलले काठमाडौँमा आइतबार ‘बेइजिङ एजुकेशन फेयर’ को आयोजना गरेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !