७ मंसिर २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको ढुंगा लागेर बस चालकको मृत्यु


नारायणगढ–मुग्लिन सडक फाइल फोटो

चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।

बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने वर्ष ३६ को मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

आज बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खसेको थियो । पहिरोसँगै खसेको ढुंगा लागेर गम्भिर घाइते भएका बस चालक विकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान ३ः५० बजे मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !