८ मंसिर २०८१, शनिबार

तालिवानीसँग नेपालीको कुनै द्वेष थिएन, निर्दोष मारिएः प्रधानमन्त्री


PM KP Sharma Oli

८ असार, काठमाडौं:- प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल घटनालाई कायरतापूर्ण भनेका छन्।

तालिबानको आक्रमणमा मारिएका नेपालीहरुको शव बुझ्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही पनि विमानस्थल पुगेका थिए । उनीहरुले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सञ्चारकर्मीहरुसँग सक्षित कुराकानी गर्दै प्रधानमन्त्री ओलीले तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष नरहेको भन्दै निर्दोष मारिएको बताए ।

अहिले सरकार प्राथमिक काम गरिरहेको भन्दै उनले बाँकी निर्णयहरु पछि गरिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !