१४ जेष्ठ २०८१, सोमबार

मृतक नेपालीहरुको शव काठमाडौ अाइपुग्यो: मृतकहरुप्रति श्रद्धान्जलि


12nepalies deadh body

असार ८, २०७३- अफगानिस्तानको राजधानी काठमाडौंमा सोमबार आतंककारी हमलामा मारिएका १२ जना नेपालीको शव बुधबार काठमाडौं ल्याइएको छ । सरकारले उक्त शवहरु ल्याउन नेपाल एयरलाईन्सको विमान पठाएको थियो ।

प्रधानमन्त्री केपीशर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मृतकप्रति श्रद्धान्जलि अर्पण गरेका छन् । शव राखिएका कफिनमाथि उनले माल्यार्पण गरेका थिए ।

त्यहाँ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैं उनले अत्यन्तै कायरतपूर्ण ढंगले भएको हत्या घटनाप्रति सिंगो नेपाल दुखी रहेको बताए । उनले मृतक परिवारजनप्रति समवेदन समेत प्रकट गरे ।

परराष्ट्रमन्त्री कमल थापा सहित अन्य सरकारी अधिकारीहरुपनि विमानस्थल पुगेका थिए ।
७ वटा शव सम्बन्धित परिवारजनको चाहना अनुसार उनीहरुको घर पठाइने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !