२० पुस २०८१, शनिबार

राष्ट्रसंघीय महासचिवद्वारा निन्दा


Antonio Guterres UN Secretary General

१० असार, संयुक्त राष्ट्रसंघ । इथियोपियाका नवनिर्वाचित प्रधानमन्त्री अविय अहमदलाई लक्ष्यगरी शनिबार गरिएको हत्या प्रयासको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गर्नुभएको छ ।

प्रधानमन्त्री अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछिको सम्बोधनका क्रममा आतङ्ककारी हमला भएको थियो । विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको थियो ।

इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित ¥यालीपछि उहाँले दशौँ हजारको सङ्ख्यामा उपस्थित समर्थक तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्ने क्रममा अकस्मात विस्फोटक पदार्थबाट आक्रमण भएको थियो ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा उहाँलाई नै लक्ष्य गरेर प्रहरीको पोशाकमा रहेका केही व्यक्तिले ग्रिनेड हानेका थिए । प्रधानमन्त्री भने सो आक्रमणबाट बच्नुभएको थियो ।

त्यसमा परी एकजनाको ज्यान गएको छ भने १०० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । यो कार्य कायरतापूर्ण रुपमा गरिएको छ र यसमा संलग्नहरुलाई कसैले पनि माफी दिने छैनन्– महासचिवका तर्फबाट उहाँका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जुलुसमा ठूलो सहभागिता रहेकोले त्यसलाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने यहाँको सरकारी समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पाेरेटले जनाएको छ ।

प्रधानमन्त्रीका रुपमा पद सम्हालेपछिको छोटो समयमा नै उहाँले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गर्नुभएको थियो । मानवअधिकार उल्लङ्घन गरेको भन्दै उहाँले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गर्नुभएको थियो ।

त्यसैले सुरक्षा निकायमा भएको फेरबदलबाट उत्पन्न असन्तुष्टिका कारण पनि यस्तो हमला भएको हुनसक्ने अनुमान कतिपयले गरेका छन् । तर यसको जिम्मेवारी भने कसैले लिएको छैन । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !