१० कार्तिक २०८१, शनिबार

असार २ गतेदेखि कबाड व्यवसायीले काठमाडौं महानगरविरुद्ध सशक्त आन्दोलन गर्ने


कबाड व्यवसायी

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाविरुद्ध सशक्तआन्दोलनगर्ने भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी रिङरोडभित्रका कवाड हटाउने काठमाडौं महानगरपालिकाको निणर्यविरुद्ध सशक्तसंघर्ष गर्ने चेतावनी दिएको हो ।

कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले काठमाडौं महानगरका नगर प्रहरीलाई बर्दीका गुण्डाको संज्ञा दिए । काठमाडौं महानगरपालिकाले कानुनी राज्यको धज्जी उडाएको उनले बताए ।

उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदापनिमहानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको बताए । महानगरको ज्यादतिविरुद्ध आफूहरु आगामी असार २ गतेदेखि सशक्त संघर्षमा उत्रिन लागेको उनले जानकारी गराए ।

संघर्ष समितिका संयोजक सरोज श्रेष्ठलेअहिले महानगरभित्रका विभिन्न वडाहरुले व्यवसाय नवीकरण नगरिदिएको बताए । उनले काठमाडौं महानगरभित्रदर्ता भई पेशा व्यवसाय गर्दै आएका कवाड व्यसायीलाई फोहोर गरेको, आगलागीका घटना घटाएको र चोरीका घटना बढाएको जस्ताआरोप लगाइएको पनिउनले बताए ।

साथै, काठमाडौं महानगरका विभिन्न वडाहरुले कवाडी हटाउन पत्रसमेत पठाइसकेको उनले बताए । कानुनबमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा पेशा व्यवसाय गर्न दिनुपर्ने बताए ।

अदालतले कवाड व्यवसायीको घर टहराहरुमा क्षति नगर्न र बनाइएको संरचनाहरु नहटाउन भनी दिएको आदेश महानगरपालिकाले अवज्ञा गरेको उनको भनाइ छ । अदालको अवज्ञाविरुद्ध महानगरलाई कारबाही हुनुपर्ने उनले बताए ।

काठमाडौं महानगरले नेपालको संविधान, अदालतको आदेश, केन्द्र सरकार र प्रदेश सरकारको नीतिलाई नमानेको उनले बताए । आफूहरुले समस्याको समाधानका लागि पटक-पटक आग्रह गर्दा पनिमहानगरले बेवास्ता गरेको उनले बताए । महानगरविरुद्ध आफूहरु सशक्त आन्दोलन गर्न कवाड व्यावसायीहरु तयार रहेको पनि उनले बताए ।

‘तपाईँहरु संविधान बमोजिमको निकाय हो । यो काठमाडौं महानगरपालिका कुनै छुट्टै राज्य होईन ।’ उनले भने, ‘तपाईँहरुले गरेको निणर्यहरु सच्याउनुभएन भने भोलि अन्य निकायहरुले पनि त्यस्तै गर्दै जान्छन् । यो मुलुकले ठूलो क्षति ब्यहोर्ने छ ।’

महानगरले कवाड व्यावसायीबाट वार्षिक २४ करोड कर लिइरहेको पनि उनले बताए । ‘अहिले कर नै हामीले २४ करोड उठाइरहेका छौं, महानगरभित्रका कवाड निःशुल्क रुपमा लिन पाए अर्बौं उठाउन सकिन्छ’ भनेर महानगर लागिपरेको उनको भनाइ छ । उनले आगामी असार २ गतेदेखि सशक्त आन्दोलन गर्ने बताए । ‘तपाईँहरुको ज्यादतिविरुद्ध हामी कडाभन्दा कडा आन्दोलन गर्छौं । आगामी असार २ गतेदेखि हामी कडा भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्दै संघर्ष गर्दैछौं,’- उनले भने ।

महानगरले आफ्नो निणर्य फिर्ता लिएर वार्तामाआएआफूहरु मापदण्डभित्र बसेर व्यवसाय गर्न तयार रहेको उनले बताए । तर, व्यवसाय नै निषेध गर्ने कार्य कवाड व्यवसायीहरुलाई स्वीकार्य नरहेको उनले बताए ।

कवाड व्यवसायी कृष्ण यादवले काठमाडौं महानगरले श्रमिकहरुको सम्मान नगरेको बताए । उनले आफूहरुले व्यवसाय गर्न नपाउने कारण के हो ?भन्दै प्रश्न गरे । आफूहरुलाई लड्न र जुध्न बाध्य नबनाउने पनि आग्रह गरे ।

कवाड व्यवसायी उपेन्द्र रौनियारले आफूहरुले काठमाडौं सफा गरिदिएको सम्मान गर्नुपर्नेमा महानगरले विस्थापित गराउन खोजेको बताए । कवाड व्यवसायीले राजश्व संकलनमा पनि योगदान पुर्याएको बताए ।

कवाड व्यवसायी सञ्जय साहले लाखौं मानिसहरुलाई बेरोजगार बनाउने अधिकार काठमाडौं महानगरपालिका प्रमुख शाहलाई नरहेको बताए । उनले कवाड हटाउन महानगरको डोजर आएको खण्डमा प्रतिकार गर्नसमेत कवाड व्यवसायीलाई आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !