२२ भाद्र २०८१, शनिबार

सर्वोच्चको परमादेश : दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन रमादेश जारी गरेको छ । सर्वोच्चले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशनात्मक आदेश जारी गरेको हो ।

सर्वोच्चका न्यायाधीशहरु डा. कुमार चुडाल र सारंगा सुवेदीको इजलासले काठमाडौं विश्वविद्यालय काभ्रे र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो । १२ चैत, २०८० मा भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको हो ।

२०८० चैत १२ गते भएको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले यसै शैक्षिक शत्रदेखि एमबीबीएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन दिन आदेश दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !