२९ कार्तिक २०८१, बिहीबार

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प


भूकम्प

काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिए ।

उनले भने, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !